गौरीगंगा–६ दैद्वारीमा कांग्रेस लहर ३१ जना नेपाली कांग्रेसमा प्रवेश, उम्मेदवार गोरख बिष्ट ‘आनन्द’द्वारा भव्य स्वागत
कैलाली — गौरीगंगा नगरपालिका वडा नं. ६ दैदवारीमा विभिन्न राजनीतिक दल परित्याग गरी ३० जना नेता तथा कार्यकर्ता नेपाली कांग्रेसमा प्रवेश गरेका छन्। नवप्रवेशीहरुलाई गोरख बिष्ट ‘आनन्द’ ले माला, टीका लगाई पार्टीमा स्वागत गरेका हुन्।
प्रवेस गर्नेहरुमा अर्जुन चौधरी, तुलाराम चौधरी, परदेशु चौधरी, रामप्रसाद चौधरी, देशु चौधरी, धनीराम चौधरी, दिवस चौधरी, सागर चौधरी, मनिराम चौधरी, सोनु चौधरी, आशाराम चौधरी, रविन चौधरी, रामबहादुर चौधरी, दस्ता चौधरी, सीताराम चौधरी, जितु चौधरी, बुधराम चौधरी, मनिराम चौधरी, धनिराम चौधरी, वसन्ती चौधरी, लाहनु चौधरी, लक्ष्मण चौधरी, सञ्जित चौधरी, रमेश चौधरी, विश्राम चौधरी, अम्मर चौधरी, अर्जुन चौधरी , धनिराम चौधरी, आशाराम चौधरी नेपाली कांग्रेसमा प्रवेश गरेका हुन् ।
आयोजित स्वागत कार्यक्रममा बोल्दै प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार बिष्टले पार्टी प्रवेश गर्ने सम्पूर्णलाई हार्दिक धन्यवाद व्यक्त गर्दै कांग्रेसको संगठन दिनप्रतिदिन सुदृढ बन्दै गएको बताए। उनले भने, “जनताको भरोसा र विश्वास नै हाम्रो सबैभन्दा ठूलो शक्ति हो। कैलाली क्षेत्र नं. ४ को समग्र विकास, पारदर्शिता र सुशासनका लागि हामी स्पष्ट योजना र प्रतिबद्धताका साथ अघि बढिरहेका छौं।”
उनले शिक्षा, स्वास्थ्य, कृषि, रोजगार र पूर्वाधार विकासलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिवद्धता दोहोर्याउँदै अबको निर्वाचन विकासको एजेण्डामा केन्द्रित हुनुपर्ने धारणा व्यक्त गरे। “हामी आरोप–प्रत्यारोपभन्दा पनि काम र परिणाममा विश्वास गर्छौं,” उनले थपे।
नवप्रवेशीहरुले पनि कांग्रेसको नीति, सिद्धान्त र लोकतान्त्रिक मूल्य–मान्यताबाट प्रभावित भई पार्टी रोजेको बताएका छन्। उनीहरुले क्षेत्रको दिगो विकास, युवाको रोजगारी र जनताका आधारभूत आवश्यकताको सम्बोधनका लागि कांग्रेस नै सक्षम शक्ति भएको दाबी गरे।
स्थानीय स्तरमा कांग्रेसप्रति बढ्दो आकर्षणले दैद्वारीसहित गौरीगंगा क्षेत्रमा चुनावी माहोल थप उत्साहित बनेको नेताहरुले बताएका छन्। कार्यक्रममा स्थानीय अगुवा, युवा तथा महिला कार्यकर्ताहरुको उल्लेखनीय सहभागिता रहेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो