गौरीगंगा–४ मा काँग्रेसको अन्तरक्रिया कार्यक्रम, उम्मेदवार ‘आनन्द’लाई विजयी गराउने आह्वान
गौरीगंगा — नेपाली काँग्रेस गौरीगंगा नगर कार्यसमितिको आयोजनामा फागुन २१ गते हुन गइरहेको प्रतिनिधि सभा निर्वाचनको अवसरमा वडा सभापति तथा क्षेत्रीय प्रतिनिधिहरूसँग छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।
गौरीगंगा नगरपालिका–४ स्थित राधा कृष्ण मन्दिरमा आयोजित कार्यक्रममा आगामी निर्वाचनको तयारी, संगठन सुदृढीकरण र चुनावी अभियानलाई प्रभावकारी बनाउने विषयमा विस्तृत छलफल गरिएको थियो।
कार्यक्रममा सहभागी नेताहरूले प्रतिनिधि सभा निर्वाचनमा नेपाली काँग्रेसका उम्मेदवार गोरख बहादुर बिष्ट (आनन्द) लाई रुख चुनाव चिन्हमा मतदान गरी विजयी गराउन सबै नेता–कार्यकर्ता एकजुट भएर लाग्नुपर्नेमा जोड दिएका छन्।
अन्तरक्रिया कार्यक्रममा वडा तथा क्षेत्रीय तहका प्रतिनिधिहरूको उल्लेख्य सहभागिता रहेको थियो। सहभागीहरूले घरदैलो अभियान, भेटघाट तथा जनसम्पर्क कार्यक्रमलाई तीव्रता दिने प्रतिबद्धता व्यक्त गरेका छन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो