गौरीगंगा वडा ३ र ६ मा गोरख बहादुर विष्ट ‘आनन्द’को घरदैलो : जनताको भावना र अपेक्षा बुझ्ने अवसर
गौरीगंगा, कैलाली ।
कैलाली निर्वाचन क्षेत्र नं. ४ बाट प्रतिनिधि सभाका उम्मेदवार गोरख बहादुर विष्ट ‘आनन्द’ले गौरीगंगा नगरपालिकाका वडा नं. ३ र ६ का विभिन्न टोल–बस्तीहरूमा आज घरदैलो कार्यक्रम सम्पन्न गरेका छन्।
घरदैलो अभियानका क्रममा उम्मेदवार विष्टले स्थानीय आमाबुवा, दाजुभाइ तथा दिदीबहिनीहरूसँग प्रत्यक्ष भेटघाट गर्दै जनताको भावना, अपेक्षा र भरोसालाई नजिकबाट बुझ्ने अवसर प्राप्त भएको बताएका छन्। उनले कार्यक्रममा सहभागी भई आफ्नो अमूल्य समय, सुझाव र आत्मीयता प्रदान गर्ने सम्पूर्ण नागरिकप्रति हार्दिक कृतज्ञता व्यक्त गरेका छन्।
विष्टले जनताबाट प्राप्त माया, विश्वास र समर्थनले आफूलाई कैलाली–४ को समग्र विकास, सुशासन र जनमुखी प्रतिनिधित्वका लागि अझ जिम्मेवार र दृढ बनाएको उल्लेख गरे।
उनले जनताको आवश्यकता, आवाज र पीडालाई केन्द्रमा राख्दै विकास, रोजगारी, शिक्षा, स्वास्थ्य र पूर्वाधारका विषयमा सदनदेखि सडकसम्म जनताको पक्षमा दृढतापूर्वक उभिने प्रतिबद्धता व्यक्त गरे।
“राजनीति पदका लागि होइन, जनताको सेवा र परिवर्तनका लागि हो,” भन्ने विश्वासका साथ विष्टले आगामी दिनमा पनि जनताको निरन्तर माया, साथ, सुझाव र मार्गदर्शनको अपेक्षा रहेको बताएका छन्।
घरदैलो कार्यक्रममा स्थानीयवासीहरूले विकास, सुशासन र जवाफदेही नेतृत्वको आवश्यकता औंल्याउँदै विष्टप्रति विश्वास व्यक्त गरेका थिए।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो