कैलाली–४ मा ‘हलो’को हुंकार : जेन–जीको भरोसा, राप्रपाका कमल बम रजवार मैदानमा
कैलाली।
कैलाली क्षेत्र नं. ४ बाट प्रतिनिधिसभा सदस्य पदका लागि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सुदूरपश्चिम मध्यका मजबुत उम्मेदवार कमल बम रजवार चुनावी मैदानमा सक्रिय रूपमा उत्रिएका छन्। उनलाई विजयी गराउन समर्थक तथा शुभेच्छुकहरूले मतदातासँग व्यापक अपिल गरिरहेका छन्।
देश, जनता र क्षेत्रको हितलाई केन्द्रमा राख्दै स्पष्ट दृष्टिकोण र दृढ प्रतिबद्धताका साथ अघि बढिरहेका रजवारलाई निर्वाचन चिन्ह ‘हलो’ मा मतदान गर्न आग्रह गरिएको छ। स्थानीय तहदेखि राष्ट्रिय राजनीतिसम्मको जनसम्पर्क, अनुभव र समर्पणमा आधारित नेतृत्व आजको आवश्यकता भएको समर्थकहरूको भनाइ छ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका अनुसार युवा पुस्तामाझ लोकप्रिय र ऊर्जावान नेता कमल बम रजवारलाई देशको वर्तमान अवस्था, बदलिँदो राजनीतिक परिवेश र जेन–जी युवाको चाहनाअनुसार नेतृत्व दिन सक्ने क्षमताका आधारमा उम्मेदवार बनाइएको हो।
पार्टीले रजवारले युवाको आवाज, रोजगारीका अवसर, भविष्यका सम्भावना तथा राष्ट्रिय स्वाभिमानका मुद्दाहरूलाई प्रभावकारी रूपमा उठाउन सक्ने सामर्थ्य राख्ने जनाएको छ। समयको मागअनुसार युवा नेतृत्वलाई अघि सार्ने नीतिअन्तर्गत उनलाई टिकट प्रदान गरिएको राप्रपाको दाबी छ।
कमल बम रजवार राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनका केन्द्रीय संयोजकसमेत हुन्। उनलाई साहसी, स्पष्टवक्ता र युवामैत्री नेताका रूपमा चिनिन्छ। “एक भोट राष्ट्रलाई, एक भोट हिन्दू शास्त्रलाई” भन्ने नारासहित उनी चुनावी अभियानमा सक्रिय छन्।
युवाको विश्वास, उत्साह र समर्थनसँगै कमल बम रजवारको उम्मेदवारीले कैलाली–४ को चुनावी वातावरण थप तातिँदै र गतिशील बन्दै गएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो