You are currently viewing फागुन २१ को निर्वाचन केन्द्रित महिला संघको सक्रियता : कैलाली–४ मा बिष्ट र कोईरालाको जिताउ अभियान तीव्र

फागुन २१ को निर्वाचन केन्द्रित महिला संघको सक्रियता : कैलाली–४ मा बिष्ट र कोईरालाको जिताउ अभियान तीव्र

फागुन २१ को निर्वाचन केन्द्रित महिला संघको सक्रियता : कैलाली–४ मा बिष्ट र कोईरालाको जिताउ अभियान तीव्र

कैलाली क्षेत्र नं. ४ मा यही फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै जिताउ अभियान तीव्र पारिएको छ। प्रतिनिधि सभा सदस्यका उम्मेदवार गोरख बहादुर बिष्ट (आनन्द) र समानुपातिक उम्मेदवार यज्ञानिधी कोईरालालाई विजयी गराउने उद्देश्यले नेपाल महिला संघ क्षेत्र नं. ४, कैलाली अन्तर्गत गौरिगंगा नगर कार्यसमितिको आयोजनामा विशेष कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रम नेपाल महिला संघ क्षेत्र नं. ४ कैलाली गौरिगंगा नगर कार्यसमिति सभापति पवित्रा देवी साऊँदको सभापतित्वमा तथा समानुपातिक उम्मेदवार यज्ञानिधी कोईरालाको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो। कार्यक्रममा महिला नेतृ तथा कार्यकर्ताहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

उक्त कार्यक्रममा आगामी निर्वाचनलाई लक्षित गर्दै नगर स्तरीय अनुगमन समिति मेनुका जोशीको संयोजकत्वमा गठन गरिएको छ भने प्रचारप्रसार समिति सरस्वती बोहराको संयोजकत्वमा गठन गरिएको जानकारी गराइएको छ। समितिहरूले घरदैलो अभियान, मतदाता भेटघाट तथा प्रचारप्रसारका कार्यक्रमलाई प्रभावकारी रूपमा अघि बढाउने निर्णय गरेका छन्।

कार्यक्रममा वक्ताहरूले लोकतन्त्रको सुदृढीकरण, महिला सहभागिता र विकासका एजेण्डालाई प्राथमिकता दिँदै उम्मेदवारहरूलाई अत्यधिक मतले विजयी गराउन सम्पूर्ण कार्यकर्तालाई सक्रिय भएर लाग्न आह्वान गरेका थिए।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो

Loading spinner