You are currently viewing कैलाली क्षेत्र नं. ४ मा लेखराज भट्टको घरदैलो अभियान तीव्र

कैलाली क्षेत्र नं. ४ मा लेखराज भट्टको घरदैलो अभियान तीव्र

कैलाली क्षेत्र नं. ४ मा लेखराज भट्टको घरदैलो अभियान तीव्र

कैलाली — कैलाली निर्वाचन क्षेत्र नम्बर ४ का प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार लेखराज भट्टले अत्तरिया बजारमा व्यापक घरदैलो कार्यक्रम सञ्चालन गरेका छन्। निर्वाचन नजिकिँदै जाँदा भट्टले मतदातासँग प्रत्यक्ष भेटघाट गर्दै आफ्ना योजना र प्रतिबद्धताबारे जानकारी गराएका हुन्।

घरदैलोका क्रममा उनले क्षेत्रको समग्र विकास, सडक तथा पूर्वाधार विस्तार, रोजगार सिर्जना, कृषि तथा व्यापार प्रवर्द्धनलाई प्राथमिकतामा राखेर अघि बढ्ने बताए। अत्तरिया बजारको व्यवस्थापन, साना तथा मध्यम व्यवसायीको संरक्षण र युवालाई अवसर सिर्जना गर्ने विषयमा विशेष ध्यान दिने उनको प्रतिबद्धता थियो।

कार्यक्रममा एमालेका स्थानीय नेता–कार्यकर्ताको उल्लेखनीय सहभागिता रहेको थियो। बजार क्षेत्रका नागरिकले स्वागत गर्दै विकाससम्बन्धी विभिन्न सुझाव पनि राखेका थिए।

आगामी निर्वाचनमा विजयी भई कैलाली क्षेत्र नं. ४ को समग्र विकासमा आफू प्रतिबद्ध रहने भट्टको भनाइ छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो

Loading spinner