You are currently viewing कैलालीमा युवा र ग्रासरुट फूटबल विकासलाई थप व्यवस्थित बनाउँदै जिल्ला फूटबल संघ

कैलालीमा युवा र ग्रासरुट फूटबल विकासलाई थप व्यवस्थित बनाउँदै जिल्ला फूटबल संघ

कैलालीमा युवा र ग्रासरुट फूटबल विकासलाई थप व्यवस्थित बनाउँदै जिल्ला फूटबल संघ

कैलाली ।

कैलाली जिल्लाका विभिन्न स्थानमा स्थानीय निकाय तथा विभिन्न संघ–संस्थाको सहकार्यमा सञ्चालन हुँदै आएका युवा फूटबल विकास र ग्रासरुट फूटबल प्रशिक्षण कार्यक्रमलाई अझ व्यवस्थित र प्रभावकारी बनाउने उद्देश्यसहित कैलाली जिल्ला फूटबल संघले ठोस पहल अघि बढाएको छ।

संघले आफूमा आबद्ध १४ जना एन्फा सर्टिफाइड फूटबल प्रशिक्षकहरूलाई औपचारिक रूपमा नियुक्ति प्रदान गरेको छ। ती प्रशिक्षकहरूलाई जिल्लाभर सञ्चालन हुने नियमित फूटबल प्रशिक्षण कार्यक्रमको जिम्मेवारी दिइएको संघले जनाएको छ।

संघको योजना अनुसार आगामी ३ महिनाभित्र कैलाली जिल्लाका ६४ स्थानमा नियमित फूटबल प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने लक्ष्य लिइएको छ। सो लक्ष्यतर्फ अघि बढ्दै संघले पहिलो चरणमा १५ स्थानमा फूटबल प्रशिक्षण कार्यक्रम विस्तार गर्न लागेको हो।

युवा पुस्तामा खेलकुदप्रतिको रुचि बढाउँदै प्रतिभाशाली खेलाडी उत्पादन गर्ने, आधारभूत तहबाटै फूटबलको विकास गर्ने तथा भविष्यमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका खेलाडी उत्पादन गर्ने उद्देश्यले कार्यक्रम अघि बढाइएको संघले जनाएको छ।

कैलाली जिल्ला फूटबल संघको यो पहलले जिल्लामा फूटबल विकासमा नयाँ ऊर्जा थप्ने विश्वास लिइएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो

Loading spinner