You are currently viewing कैलालीमा ग्रासरुट्स र U16 फुटबल प्रशिक्षण पुनः सुरु हुँदै

कैलालीमा ग्रासरुट्स र U16 फुटबल प्रशिक्षण पुनः सुरु हुँदै

कैलालीमा ग्रासरुट्स र U16 फुटबल प्रशिक्षण पुनः सुरु हुँदै

धनगढी।

कैलाली जिल्लामा फुटबल विकासलाई निरन्तरता दिन कैलाली जिल्ला फुटबल संघले नियमित रूपमा सञ्चालन गर्दै आएको ग्रासरुट्स (१२ वर्षमुनि) तथा U16 फुटबल प्रशिक्षण कार्यक्रम केही समयको विरामपछि पुनः सुरु हुने भएको छ।

संघका अनुसार उक्त प्रशिक्षण कार्यक्रम मिति २०८२ फाल्गुन १ गते (शुक्रबार) देखि धनगढी रंगशालामा पुनः सञ्चालन गरिनेछ। यस कार्यक्रममा सहभागी हुन चाहने बालबालिका, युवा खेलाडी तथा सम्पूर्ण अभिभावकहरूलाई सहर्ष जानकारी गराइएको छ।

✅ प्रशिक्षण समय तालिका

• ग्रासरुट्स (निशुल्क)

समय: दिउँसो ३ बजे

दिन: शुक्रबार र शनिबार

  • उमेर सीमा: १२ वर्ष मुनिका बालबालिका

• U16 फुटबल प्रशिक्षण (पुरुष मात्र – शुल्क लाग्ने)

समय: दिउँसो ४ बजे

दिन: सोमबार देखि बिहीबार सम्म

• उमेर सीमा: २०६७/०५/०१ पछि जन्मेका खेलाडी

• प्रशिक्षण स्थल : धनगढी रंगशाला

प्रशिक्षण कार्यक्रम २०८२ फाल्गुन १ गते शुक्रबारदेखि औपचारिक रूपमा सुरु हुने संघले जनाएको छ। कार्यक्रमसम्बन्धी थप जानकारीका लागि इच्छुक खेलाडी तथा अभिभावकहरूले माघ २८ गतेदेखि धनगढी रंगशालास्थित संघको कार्यालयमा सम्पर्क गर्न अनुरोध गरिएको छ।

कैलाली जिल्ला फुटबल संघले जिल्लामा उदाउँदा प्रतिभाहरू उत्पादन गर्ने लक्ष्यसहित बाल तथा युवा तहमा फुटबल प्रशिक्षणलाई विशेष प्राथमिकता दिँदै आएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो

Loading spinner