You are currently viewing एमालेका पूर्व वडा सदस्य खन्टे बुढा कांग्रेसमा प्रवेश, कैलाली–४ मा गोरख विष्टको अभियान थप बलियो

एमालेका पूर्व वडा सदस्य खन्टे बुढा कांग्रेसमा प्रवेश, कैलाली–४ मा गोरख विष्टको अभियान थप बलियो

एमालेका पूर्व वडा सदस्य खन्टे बुढा कांग्रेसमा प्रवेश, कैलाली–४ मा गोरख विष्टको अभियान थप बलियो

कैलाली — कैलालीको गोदावरी नगरपालिका–११ भाटुलीमाडु मन्दिर क्षेत्र मा चुनावी प्रचार–प्रसार तीव्र भइरहेका बेला महत्वपूर्ण राजनीतिक फेरबदल भएको छ। अघिल्लो स्थानीय तह निर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) बाट निर्वाचित पूर्व वडा सदस्य खन्टे बुढा नेपाली कांग्रेस मा प्रवेश गरेका छन्।

बुढाले एमाले परित्याग गर्दै कांग्रेसको सदस्यता ग्रहण गरेका हुन्। उनले आगामी प्रतिनिधि सभा निर्वाचनमा कैलाली क्षेत्र नं. ४ का कांग्रेस उम्मेदवार गोरख बहादुर विष्ट (आनन्द) को जित सुनिश्चित गर्न आफू सक्रिय रूपमा लाग्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

स्थानीय स्तरमा प्रभावशाली मानिने बुढाको कांग्रेस प्रवेशले कैलाली–४ मा कांग्रेसको चुनावी अभियानलाई थप मजबुती दिने विश्वास गरिएको छ। यस घटनाले क्षेत्रीय राजनीतिमा नयाँ तरंग सिर्जना गर्नुका साथै मतदातामा सकारात्मक सन्देश प्रवाह हुने अपेक्षा गरिएको छ।

कांग्रेस स्रोतका अनुसार पछिल्लो समय विभिन्न दलका नेता तथा कार्यकर्ताहरू कांग्रेसमा आकर्षित भइरहेका छन्, जसले पार्टीको संगठनात्मक आधार विस्तार भइरहेको संकेत गर्दछ। चुनाव नजिकिँदै जाँदा यस्ता प्रवेशहरूले प्रतिस्पर्धालाई थप रोचक बनाउने देखिएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो

Loading spinner