इन्धनको मूल्यमा प्रतिलिटर १५ रुपैयाँ वृद्धि
काठमाडौं, चैत १९
नेपाल आयल निगम ले पेट्रोल, डिजेल तथा मट्टितेलको मूल्यमा प्रतिलिटर १५ रुपैयाँले वृद्धि गरेको छ।
निगमका अनुसार नयाँ मूल्य आज मध्यरातदेखि लागू हुने गरी समायोजन गरिएको हो। चैत २० गते बिहानैदेखि लागू हुने गरी गरिएको मूल्यवृद्धिसँगै उपभोक्ताले अब बढेको दरमा इन्धन खरिद गर्नुपर्ने भएको छ।

अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य वृद्धि, आयात लागतमा भएको बढोत्तरी तथा विनिमय दरमा आएको परिवर्तनका कारण मूल्य समायोजन गर्नुपरेको निगमले जनाएको छ।

मूल्यवृद्धिसँगै दैनिक उपभोग्य वस्तु तथा यातायात क्षेत्रमा समेत असर पर्ने देखिएको छ। यसअघि पनि निगमले समय–समयमा इन्धनको मूल्य समायोजन गर्दै आएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो