अखिल नेपाल फुटबल संघ (एन्फा) को निर्वाचन तालिका संशोधन, फागुन २७ मा मतदान हुने
काठमाडौं – अखिल नेपाल फुटबल संघ (एन्फा) ले आगामी निर्वाचनका लागि संशोधित निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ। यसअघि २०८२ पुस २८ गतेका लागि तोकिएको निर्वाचन सम्बन्धमा सर्वोच्च अदालत, पाटनबाट जारी अन्तरिम आदेशका कारण प्रक्रिया यथास्थितिमा राखिएको थियो।
तर, अदालतले उक्त अन्तरिम आदेश खारेज गरेपछि एन्फाले संशोधित तालिका सार्वजनिक गर्दै निर्वाचन प्रक्रिया अघि बढाएको जनाएको छ।
संशोधित कार्यतालिका अनुसार:
२०८२ फागुन ५ गते मताधिकार प्रतिनिधि तथा प्रतिनिधिहरूको विवरण सचिवालयबाट निर्वाचन समितिलाई बुझाइने
२०८२ फागुन ७ गते उम्मेदवारहरूको आचार संहिता परीक्षण तथा आवश्यक कागजात जाँच गर्ने निर्णय
२०८२ फागुन ८ गते उम्मेदवार तथा मताधिकार प्रतिनिधिहरूको नामावली प्रकाशन
२०८२ फागुन १४ गते दाबी–विरोध गर्ने अन्तिम मिति
२०८२ फागुन १५ गते पुनरावेदन समितिको निर्णय
२०८२ फागुन १६ गते अन्तिम नामावली प्रकाशन
२०८२ फागुन २७ गते मतदान
निर्वाचन समितिका संयोजक रामचन्द्र गौतमले हस्ताक्षर गरेको सूचनामा आवश्यक परे निर्वाचन कार्यतालिकामा थप संशोधन गर्न सकिने उल्लेख गरिएको छ।
यससँगै एन्फाको नेतृत्व चयन प्रक्रिया पुनः औपचारिक रूपमा अघि बढेको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो