अक्ष्य कन्स्ट्रक्सनद्वारा गौरीगङ्गा–१ को वडा कार्यालयलाई सहयोग

कैलाली ।
गोदावरी नगरपालिका–९ मा अवस्थित अक्ष्य कन्स्ट्रक्सन प्रा. लि. ले सामाजिक उत्तरदायित्वको भावना आत्मसात गर्दै गौरीगङ्गा नगरपालिका वडा नं. १ को कार्यालयलाई एडियोम्याक्स D.J. सेट उपलब्ध गराएको छ।
वडा कार्यालयका कार्यक्रम, सूचना सम्प्रेषण तथा विभिन्न सामुदायिक गतिविधिहरूलाई थप प्रभावकारी बनाउन सहयोगस्वरूप उक्त D.J. वडा अध्यक्ष डबल दियाकोटि, ससदस्य जगदिश चौधरी र वडा सचिव डिल बहादुर खत्री को हातमा वडा कार्यालयमै हस्तान्तरण गरीएको हाे। यस सहयोगले वडा कार्यालयको कार्यसम्पादन र सार्वजनिक कार्यक्रमहरू सञ्चालनमा सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ।
यस महत्वपूर्ण योगदानका लागि अक्ष्य कन्स्ट्रक्सन प्रा. लि. का सम्पूर्ण टिमप्रति वडा कार्यालय तथा स्थानीय समुदायले हार्दिक धन्यवाद व्यक्त गरेका छन्। साथै, कम्पनीका सञ्चालक तथा टिमका सबै सदस्यहरूको सुस्वास्थ्य, दीर्घायु र निरन्तर प्रगतिका लागि वडा अध्यक्ष डबल दियाकोटि ले शुभकामना व्यक्त गर्नुभएको छ ।
स्थानीय तहसँग सहकार्य गर्दै समुदायप्रति उत्तरदायी भूमिका निर्वाह गर्ने अक्ष्य कन्स्ट्रक्सनको यो कदम प्रशंसनीय रहेको जनाइएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो