You are currently viewing बहुवर्षीय योजनामा परेको नुक्लीपुर–भकतपुर सडक अलपत्र, स्थानीय दैनिक सास्तीमा

बहुवर्षीय योजनामा परेको नुक्लीपुर–भकतपुर सडक अलपत्र, स्थानीय दैनिक सास्तीमा

बहुवर्षीय योजनामा परेको नुक्लीपुर–भकतपुर सडक अलपत्र, स्थानीय दैनिक सास्तीमा

गौरीगंगा, कैलाली। गौरीगंगा नगरपालिका–१० अन्तर्गत पर्ने नुक्लीपुर–भकतपुर जोड्ने सडकको दयनीय अवस्थाका कारण स्थानीय बासिन्दाले दैनिक रूपमा सास्ती भोग्न बाध्य भएका छन्।

प्रदेश सरकारको बहुवर्षीय योजनामा समावेश भएको उक्त सडक अझैसम्म निर्माण सम्पन्न हुन नसक्दा वर्षायाममा हिलो र खाल्डाखुल्डीले आवतजावत अत्यन्त कष्टकर बनेको स्थानीयको गुनासो छ। सडकको जीर्ण अवस्थाले सर्वसाधारण, विद्यार्थी, बिरामी तथा सवारी चालक सबैलाई समस्या भइरहेको बताइएको छ।

स्थानीयले पटक–पटक सम्बन्धित निकायको ध्यानाकर्षण गराए पनि वडा नं. १०, गौरीगंगा नगरपालिका तथा प्रदेश सरकारबाट आवश्यक पहल हुन नसकेको आरोप लगाएका छन्।

स्थानीय बासिन्दाले सडक निर्माण कार्यलाई शीघ्र अघि बढाई सुरक्षित र सहज आवागमनको व्यवस्था गर्न सम्बन्धित निकायसँग माग गरेका छन्।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो

Loading spinner